Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण


    बुधबार, साउन २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपाकी प्रदेश सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको श्रीमानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा नतिजा कोरोना पोजेटिभ आएको सांसद श्रेष्ठले बताइन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् ।

    यसअघि प्रदेश १ का न्यायाधीवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आइसोलेसनमा छन् ।

    सांसद श्रेष्ठले सामाजिक सन्जालमा स्टाटस लेख्दै एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्‍वान गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार