Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप उपाधि जितेको खुसी मनाउन अर्जेन्टिनाले दियो सार्वजनिक बिदा


    मंगलबार, पुष ५ २०७९
    635
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी। अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको खुशीयालीमा त्यहाँ सार्वजनिक बिदा हुने भएको छ। कतार विश्वकप २०२२ अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकपको उपाधि जितेसँगै त्यसको खुसीयाली मनाउँन अर्जेन्टिनाको सरकारले मंगलबार सार्वजनिक बिदा घोषणा गरेको  हो। 

     विश्वकपको उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताईएको छ। 

    त्यस्तै अर्जेन्टिना फुटबल संघले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियन टोलीले मंगलबार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसियाली मनाउनेछ । सोमबार कतारबाट अर्जेन्टिना प्रस्थान गरेको टोली मंगलबार विहान त्यहाँ पुगेर विमानस्थल नजिक रहेको संघको प्रशिक्षण केन्द्रमा आराम गर्नेछ ।

    अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि जितेको थियो । अतिरिक्त समयमा ३-३ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनल खेललाई धेरैले हालसम्मकै उत्कृष्ट फाइनलको उपमा दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार