Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन मन्त्रिपरिषद् बैठकका सात निर्णय 


    सोमबार, पुष ४ २०७९
    820
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ । सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । 

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बैठकले माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताए ।  
                                                                                                                                                         
    सरकारले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शीला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने भएको छ । यस्तै बैठकले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । 

    मन्त्री कार्कीका अनुसार सरकारले संरक्षण क्षेत्रभित्रका जलविद्युत आयोजनाका लागि थप सर्त समावेश गर्ने, अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । 

    cabinet_dicision-79-9.jpg
                                                                                                                                                                   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार