Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपाधि जितेसँगै मेसी भन्छन्- राष्ट्रिय टिमबाट तत्काल सन्यास लिन्नँ 


    सोमबार, पुष ४ २०७९
    570
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । गए राति सम्पन्न कतार विश्वकप फुटबल २०२२ को उपाधि जितेपछि अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टिमबाट तत्काल सन्यास नलिने बताएका छन्। विश्वकपपछि सन्यास लिने घोषणा गरेका अर्जेन्टिनाका कप्तान मेस्सीले आफ्नो घोषणा फिर्ता लिएका छन्।

    अर्जेन्टिनालाई विश्वकप दिलाउने सपना पूरा भएपछि मेसीले सन्यास लिनसक्ने अनुमानबीच उनले तत्काल त्यस्तो निर्णय नलिने प्रष्ट पारेका हुन। मेस्सीले विश्व च्याम्पियनका रूपमा अझै केही खेल खेल्न चाहेको बताएका छन् । यसअघि मेस्सीले कतारमा हुने यो प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुने र यो फाइनल आफ्नो अन्तिम खेलको रूपमा खेल्ने बताएका थिए ।

    टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले भने, ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ।’

    उनले आफूले चाहेका सबै कुरा पूरा भएको पनि बताएका छन् ।

    गएराति सम्पन्न खेलमा मेसीले आफ्नो टिमलाई जित दिलाउँदै ३६ वर्ष लामो उपाधिको खडेरी अन्त्य गरिदिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार