Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोर्चुगलका प्रशिक्षक सान्तोषले राजीनामा दिए 


    शुक्रबार, पुष १ २०७९
    490
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी। कतारको राजधानी दोहामा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएसँगै पोर्चुगलका प्रशिक्षक फर्नान्डोज सान्तोषले टिमको जिम्मेवारीबाट राजीनामा दिएका पोर्चुगल फुटबल संघले जनाएको छ। 

    क्वाटरफाइनलमा मोरक्कोसँग १-० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो।

    पोर्चुगल फुटबल संघसँगको सहमतिमै उनले राजीनामा दिएको बताइएको छ। केही दिनअघि उनले संघसँग छलफलपछि निर्णय गर्ने बताएका थिए। 

    सान्तोषले अन्तिम खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरेको र टिम पराजित भएपछि उनको चर्को आलोचना भएको हो। त्यसअघि अन्तिम १६ मा स्वीजरल्याण्ड विरुद्धको खेलमै रोनाल्डोलाई बेन्चमा राख्दै गोन्सालो रामोसलाई पहिलो रोजाइमा खेलाएका थिए। जहाँ रामोसले ह्याट्रिक समेत गरे।

    ८ वर्ष पोर्चुगलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका तथा सन् २०१४ देखि पोर्चुगलको प्रशिक्षक रहेका सान्तोसले पोर्चुगललाई २०१६ को युरो कप उपाधि दिलाएका थिए। यस्तै २०१९ को युइएफए नेसन्स लिग पनि जिताएका थिए।

    पोर्चुगल फुटबल संघले ८ वर्षसम्म गरेको योगदानका लागि सान्तोसलाई धन्यवाद दिँदै नयाँ प्रशिक्षक छनोटको प्रक्रिया अघि बढाउने जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार