काठमाडौं। बलिउड अभिनेता विवेक ओबरोय नेपाल आएका छन् । सपरिवारसहित नेपाल आएका अभिनेता ओबरोय बुधबार बेलुका काठमाडौँ आइपुगेका हुन् । ओबरोयले नेपाल भ्रमणका क्रममा बिहीबार दिउँसो चन्द्रागिरिको पनि भ्रमण गरेका छन् । त्यसअघि उनले आज बिहान पशुपतिनाथको दर्शन समेत गरेका थिए ।
दशदिने नेपाल भ्रमणमा आएका अभिनेता ओबरोयले नेपाल बसाईका क्रममा प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर पनि गर्ने छन् ।