एजेन्सी। बुधबार राति विश्वकपको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स फाइनलमा पुगेको छ।
फिफा विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन् । फ्रान्स र बेल्जियममा झडप भएका छन् ।
फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो । नतिजाबाट निराश मोरक्कोका फ्यानहरूले फ्रान्सको सडकमा ज्वाला र आतिशबाजी प्रयोग गरेर विनाशको दृश्यहरू देखाएका छन् ।
तिनीहरूमध्ये एकले दक्षिण फ्रान्सको मोन्टपेलियरमा कारबाट फ्रान्सेली झण्डा च्यातेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।
मोरक्कोका फ्यानहरूले फ्रान्सको फाइनलमा छनोट भएको उत्सव मनाउनेहरूलाई वस्तुहरू फ्याँकेका थिए ।