काठमाडौँ। काठमाडौँ स्वयम्भू ठूलो भर्याङमा मोटरसाइकल र बस जुध्दा एक पुरुषको मृत्यु भएको छ।
मोटरसाइकलमा सवार सिन्धुलीको मरिन गाउँपालिका वडा नम्बर ३ बस्ने २२ बर्षका निर्मल लामाको टाउकोमा गहिरो चोट लागेर उनको तत्काल मृत्यु भएको हो।
आज बिहान बा. १ प ७५३ नम्बरको पर्यटक बस सीतापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बेला विपरीत दिशाबाट आएको बागमती प्रदेश ०२-०१८ प ४९४० नं. को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका लामाको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पतालमा मृत्यु भएको बताइएको छ ।
प्रहरीले दुबै सवारी साधन र बस चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ९ भोटसिपा घर हुने बर्ष ३९ को पेमा तामाङ्गलाई नियन्त्रणमा लिईएर थप अनुसन्धान गरिरहेको छ।