Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्जेन्टिना विश्वकपको फाइनलमा


    बुधबार, मंसिर २८ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । 

    छैटौं पटक फाइनलमा पुगेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जित्न सफल भएको थियो । त्यस्तै अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । 

    गएरातिको खेलमा जुलियन अल्भारेजले दुई र कप्तान लियोनल मेस्सीले एक गोल गरेसँगै अर्जेन्टिनाले जित निकालेको हो । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार