Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको लाखौँ रुपैयाँसहित एक जना समातिए


    मंगलबार, मंसिर २७ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ  । मोटरसाइकलको ट्याङ्किभित्र लुकाएर भारतबाट ल्याइएको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित एक जना समातिएका छन्  । मंगलबार भारत घर भएका २३ वर्षीय उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

    धनुषाको बिदेह नगरपालिका-९ स्थित सीमाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो । 

    भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा सवार उनको साथमा उक्त नगद फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार