Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अष्ट्रेलियामा गोलीकाण्डः प्रहरीसहित ६ जनाको मृत्यु 


    मंगलबार, मंसिर २७ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा सोमबार दिउँसो गोली चल्दा उनीहरुको मृत्यु भएको हो । 

    क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा  प्रवेश गर्ने बित्तिकै गोलाबारीमा परेका थिए । उनीहरूले मौका पाएनन् ।’ 

    प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त घटनाप्रति आपत्ति जनाएका छन् । उनले सोमबार अष्ट्रेलियाका लागि “हृदयविदारक दिन“ भनेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार