Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते


    सोमबार, मंसिर २६ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • खोटाङ। खोटाङमा यात्रु लिनका लागि गएको टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल गम्भीर घाइते भएका हुन् । 

    मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा आज सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

    जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द भएका कारण घाइतेलाई दिक्तेलकै फेमिली केयर अस्पतालमा लगिएको थियो । फेमिली केयरले रेफर गरेका घाइतेलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ  । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार