काठमाडौं। पर्साको वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १४ स्थित टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
ना ३ ख ७४ २३ नम्बरको टिपरले हिजो बेलुकी ७ बजे बालकलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि चितवन पठाइएको प्रहरीले बताएको छ ।
टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाई छ।