बैतडी । बैतडीमा बुधबार बिहान जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् । घाइतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ ।
घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया- ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीको भनाइ छ ।