Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनका एसपी कमाउधन्दामै लिप्त, मातहतका चौकीलाई दररेट तोकियो


    बुधबार, मंसिर २१ २०७९
    645
    Shares
  • ६ मिनेट पाठ
  • चितवन । सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादीकी नेतृ विना मगरको सिफारिसमा जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका एसपी नवराज अधिकारीको आर्थिक संकलन अभियानले संगठनकै बदनाम हुन पुगेको छ ।

    सरुवा भएको केही महिना उनी अनियमितता नलागे पनि पछिल्ला दिनमा उनको ध्यान अर्थ संकलन अभियानमै बढी केन्द्रित हुने गरेको स्रोत बताउँछ । उनले मुद्दा फाँटमा राखेका पात्र र घुमुवाले प्रहरीकै छविमा आँच आउनेगरी काम गरेको स्रोतले बताएको छ ।

     दुई महिनाअघि डीएसपी नरहरि पण्डितले नै प्रहरीले खुलेआम जुवाअखाडादेखि क्रसर र तस्करहरुसँग पैसा माग्ने गरेको बिषय उठाएका थिए । स्टाफ मिटिङमै प्रहरीको अनियमितताको बिषय उठाएपटि पण्डितसँग एसपी अधिकारी आक्रोसित भएका थिए ।

    एसपी अधिकारीले मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट दररेट तोकेर घुस लिने गरेको आरोप छ । मासिक २५ देखि चौकी हेरी १ लाखसम्म दररेट तोकेर इन्चार्ज खटाउने गरिएको छ । सबैभन्दा बढी दररेट बुझाउने चौकीमा जुगेडी, गोन्द्राङ, चनौली, फिस्लिङ, भोजाड, बसपार्क, पदमपुर, रामपुर, शारदानगर, सौराहा, पंचकन्या, लोथर छन् । ईच्छाकामना, कल्याणपुर, शरणपुर, पार्वतीपुर, चैनपुर सौराहा, ,सितारामचोक, बरूवा, सोमेश्वर, जुटपानी चौकीका इन्चार्जलाई समेत दररेट तोकिएको छ । 

    इलाका प्रहरी कार्यालय रामनगर, चनौली, दिब्यनगरका इन्चार्जलाई पनि दररेट तोकिएको छ । चौकीमा असई र सई इन्चार्ज हुन्छन् भने इप्रकामा इन्स्पेक्टर रहने ब्यवस्था छ ।   

    चितवनमा सबै बढी लोकल रक्सी र काठको ओसारपसार हुने पद्मपुर नाकादेखि प्रहरी संरक्षणमा चनौलीमा जुवा अखाडा संचालन हुने गरेको छ । भरतपुरदेखि टाढा रहेको चनौलीमा प्रहरीकै संरक्षणमा जुवा अखडा संचालन भइरहेकाले चितवनभरका जुवाडेहरु जाने गरेका छन् । 

    एसपी अधिकारीले मुद्दा शाखामा विवादित सई राम कार्कीलाई राखेका छन् । विगतमा धेरै ठाउँमा अनियमिततामा मुछिएर कारबाही समेत भोगिसकेका हुन् । कार्की गौशाला बृत्तको मुद्दामा हुँदोखेरि धेरै गुनासा आएपछि काठमाडौंका तत्कालीन एसएसपी रमेश खरेलले घुस्याहाको संज्ञा दिएर सरुवा गरेका थिए । कार्की सप्तरी, महोत्तरीको मटिहानी चौकीमा समेत विवादमा आएका थिए । बारा जिल्ला प्रहरीको मुद्दा शाखादेखि चाहविmको गंगाहिटी बिटमा समेत असुलीकै कारण उनी विवादमा परेका थिए ।

    बुढानीलकन्ठ प्रभागमा हुँदा बालुवाकाण्ड लागेपछि स्पष्टीकरण सोधेर नसिहत नै पाएका थिए । यिनै विवादित कार्की र इन्स्पेक्टर कुशलकुमार बर्तौलाले मुद्दामा चेक बाउन्सदेखि विभिन्न उजुरीमा मोलमोलाई गर्दैआएका छन् । स्रोतका अनुसार चेक बाउन्सको उजुरी लिएर जाने सेवाग्राहीसँग ५० लाख रुपैयाँको छ भने आधा रकम माग्ने गरेका छन् । कार्की र बर्तौलाले अदालतमा मुद्दामामिलामा जाँदा बर्षौ लाग्ने भन्दै ५० प्रतिशत रकम दिने भए थुनाएर उठाइदिने भन्दै सेटिङ मिलाउने गरेको आरोप छ । 

    चेक बाउन्सको रकम ठूलो छ भने लेनदेनको कुरा इन्स्पेक्टर बर्तौला र ५–१० लाखको उजुरीमा कार्कीले मिलाउने गरेका छन् । चेक बाउन्सदेखि मुद्दाबाट आएको घुसको रकम एसपीलाई ७५ प्रतिशत दिने गरेकाले उनीहरुका जुनसुकै कुरामा पनि क्षम्य हुँदैआएका छन् ।

    म्यादीको पोशाकमा समेत लुट

    त्यसैगरी, म्यादी प्रहरीको कपडा खरिदमा समेत एसपी अधिकारीले राम्रै आम्दानी गरेको चर्चा छ । चितवनमा ६८ प्रतिशत स्थानीय चुनावमै छनोट भएका पुराना म्यादी प्रहरी राखेर चुस्तादेखि जुत्तामा ठेकेदारसँग मिलेर चप्काएको आरोप एसपी अधिकारीलाई लागेको छ । स्थानीय निर्वाचनमा दिइएका पोशाक र जुत्ता नै म्यादीलाई प्रयोग गर्न लगाएर आधी रकम दिई ठेकेदारलाई ३२ प्रतिशत म्यादीलाई मात्र कपडा र जुत्ता आपूर्ति गर्न लगाएर लाभ लिने काम एसपीले गरेको स्रोत बताउँछ । अख्तियारका एक आयुक्तको सिफारिसमा म्यादी प्रहरीको ठेक्का पाएका पुस्कर पराजुलीले चितवनमा भर्ना भएका मध्ये ३२ प्रतिशत म्यादी प्रहरीलाई मात्र कपडा दिएको स्रोत बताउँछ । म्यादीको पोशाकमा समेत कागज मिलाएर ठेकेदार र एसपीले भागशान्ति गरेका छन् । 

    त्यसैगरी एसपी अधिकारीले हवल्दार सुरेन्द्र साहलाई घुमुवा राखी बीरगंज र बाराबाट आएका मालबाहक ट्रकसँग पनि असुली गर्न परिचालन गरेका छन् । १० बर्ष मकवानपुरको पशुपतिनगरमा घुमुवा बसी अनियमितताका धेरै उजुरी परेपछि तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीको कार्यकालम उनलाई गोर्खा सरुवा गरिएको थियो । गोर्खाबाट तत्कालीन गण्डकीका डीआइजी दिवेश लोहनीलाई भनसुन गरी गैंडाकोट सरुवा भएका थिए । शैलेश थापा अवकाश भएपछि सरुवा मिलाएर चितवनमा आई एसपीका विश्वासपात्र घुमुवाका रुपमा परिचालित छन् ।

    रौतहट, बारा, सर्लाहीलगायतका मधेका सबै तस्करीको संजाल थाहा भएकाले मनग्य लाभ लिन एसपीले साहलाई राखेका छन् ।

    एसपी अधिकारीले मातहतका प्रहरीलाई सेटमै सुन्न नसकिने अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेका छन् । मातहतका प्रहरी एसपीले सेटमा बोल्न थालेपछि परिवारसँग छन् भने सेट लिएर एकान्त स्थानमा जाने अवस्था रहेको स्रोत बताउँछ ।

    माओवादी नेतृ बिना मगरको सिफारिसमा चितवन जस्तो आकर्षक जिल्लामा सरुवा भएका उनले चुनावमा भने एमाले र रवि लामिछानेलाई मात्र सहयोग पुग्ने काम गरेको सूचना कांग्रेस र माओवादीका नेताहरुले नै गृहमन्त्री बालकृष्ण खाँणलाई नै दिएका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार