Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजार ५ अंकले घट्याे, ९६ करोडको कारोबार


    मंगलबार, मंसिर २० २०७९
    645
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं।  साेमबार दोहोरो अंकले घटेको नेप्से आज ४.८७ अकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ । सोमबार सेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो । साथै सेन्सेटिभ इन्डेक्सम पनि १.५६ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हाे । 

    आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको छ । सोमबार अर्ब ६७ करोड ४  लाख  बढीको कारोबार भएको थियो। यस्तै, १९९  कम्पनीको कारोबार हुँदा ७८ कम्पनीकाे सेयरमूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
     
    धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२  प्रतिशतले वृद्धि भएको छ । 

    सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज १३ उपसुचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसुचकमा ओरालो लागेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार