Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाकाली तटबन्ध निर्माणबारे भारतलाई आजै कूटनीतिक नोट पठाइँदै


    मंगलबार, मंसिर २० २०७९
    730
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ।भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना(बाँध) बनाएपछि दार्चुलाको खलंगा डुबानमा पर्ने भएको छ । 

    दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले आजै भारतलाई कूटनीतिक नोट पठाउने भएको छ। दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए।

    भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरेपछि दार्चुलाको खलंगाबासी आक्रोशित भएका छन् । नेपाली पक्षको विरोधपछि आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो। सो क्रममा  भारतीय पक्षले प्रहार गरेको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए ।

    उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ।

    ‘गृह मन्त्रालयबाट उक्त घटनाको रिपोर्ट आइसकेको छ। आज हामी भारतलाई कूटनीतिक नोट पठाउँदैछौं,’ परराष्ट्र मन्त्रालयले बताएको छ ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ।

    २०७० मा आएको ठूलो बाढीका कारण नेपाली पक्षतिर ठूलो क्षति भएको थियो। त्यतिबेला खलंगामा रहेका सरकारी कार्यालयसहित निजी भवनमा क्षति पुगेको थियो।

    त्यसपछि नेपालले महाकाली किनारमा ४ किलोमिटर लामो तटबन्ध बनाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार