Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आाजकाे तरकारी तथा फलफूलको मूल्य


    मंगलबार, मंसिर २० २०७९
    575
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंसिर २० गते मंगलबारकालागि तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । 

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंलबार कालो अंगुर २१ रुपैयाँले घटेर सोको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ कायम रहेकाे जनाएकाे छ ।

    हरियो अंगुर ३३५ रुपैयाँ, अदुवा र नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार रु २२ ले घटेर ३१३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा रहेकाे छ ।

    यस्तै, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५३ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २३ रुपैयाँ , कागती ११० रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३५ रुपैयाँले बढेर २७५ रुपैयाँ कायम रहेको छ ।

    लोकल गाजरको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसा , राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा,  घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ९६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ४० घटेर ३३० रुपैयाँ कायम रहेको छ ।

    तितो करेला ६६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ६७ पैसा,  लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ३५ रुपैयाँ र हरियो धनिया १४० रुपैयाँ निर्धारण भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार