Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आगामी वैशाखको पहिलो सातामा 


    सोमबार, मंसिर १९ २०७९
    1000
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । आज सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको पार्टीका नेता लक्ष्मण थारूले बताए । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ-आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् । 

    नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र कैलाली–३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया–२ बाट  रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार