Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुलीबाट ५ केजी गाँजासहित दुई मोटरसाइकल बरामद


    आइतबार, मंसिर १८ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ । शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र. ३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए । 

    उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार