काठमाडाैं। सुनसरी–४ बाट कांग्रेस नेता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की एमाले उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन् ।
उक्त क्षेत्रको मतगणना अन्तिम चरणमा पुगिरहँदा झन् रोचक बन्दै गएको थियो। यस्तै, सत्तारूढ गठबन्धनका कार्की र एमालेका जगदीशप्रसाद कुसियैतको मुख्य प्रतिस्पर्धा रहेको उक्त क्षेत्रका मतपरिणाम ११ दिनमा आएको हो ।
निर्वाचनको ११ दिनमा आएको मतपरिणाममा सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भएका हुन् ।
अन्तिम मतरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए ।
मतगणनामा पटक पटक विवाद उत्पन्न हुँदा अन्तिम परिणाम आउन ढिलो भएको थियो ।
सञ्चारप्रविधि मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा एमालेका कुसियैतले ३० हजार ३७३ मत प्राप्त गरे।
२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर- ४ बाटै विजय भएका थिए । यस पटक पनि कार्की सोही क्षेत्रबाट निर्वाचित भए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend