काठमाडौँ। पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को निलम उपत्यकामा नालामा मतदाता बोकेका एक जीप खस्दा ६ जनाको मृत्यु भएको छ। साथै उक्त दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन्।
दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको थियो। यस घटनामा परी मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ ।
गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । घाइतेहरुको अहिले उपचार भइरहेको बताइएको छ ।