सुर्खेत । कर्णाली प्रदेशसभामा चार जना पुराना प्रदेशसभा सदस्यले जितेका छन् । २४ सिट रहेको प्रदेशसभामा सुर्खेत, डोल्पा र हुम्लाबाट पुराना चार जना प्रदेशसभा सदस्य दोहोरिएका छन् ।
दोहोरिनेमा सुर्खेत क्षेत्र नम्बर २ (ख) बाट नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नम्बर २ (क)बाट नेकपा एमालेका यामलाल कँडेल र हुम्ला (ख) बाट कांग्रेसका जीवनबहादुर शाही र डोल्पा प्रदेश (क) बाट वीरबहादुर शाही निर्वाचित भएका छन् ।
नयाँ अनुहारमा दैलेख क्षेत्र नम्बर १ (क) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बीसी विजयी भएका छन् । सल्यान प्रदेश सभा (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् । प्रदेशसभा (ख) मा कांग्रेसका सुरेश अधिकारी रुकुमपश्चिम प्रदेश सभा (क) मा माओवादीका महेन्द्र केसी (ख) मा राजकुमार शर्मा विजयी भएका छन् ।
सुर्खेत क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल, क्षेत्र नम्बर १ (ख) मा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जीसी, दैलेख क्षेत्र नम्वर २ को (क)बाट घनश्याम भण्डारी, दैलेख २ (ख) मा एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाह, जाजरकोट प्रदेश सभा (क) मा कांग्रेसका वेदराज सिंह, प्रदेश (ख) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् ।
कालिकोट प्रदेश सभा (क) बाट माओवादीका दुर्गबहादुर रावत , प्रदेश सभा (ख) मा कांग्रेसका हिक्मतबहादुर विष्ट , डोल्पा प्रदेश सभा (क) मा एमालेका शेरबहादुर बुढा , हुम्ला प्रदेश सभा (क) बाट माओवादीका रणसिंह परियार, मुगु (क) मा एमालेका जितबहादुर मल्ल, मुगु (ख) मा माओवादीका मङ्गलबहादुर शाही, जुम्ला प्रदेश सभा (क) मा कांग्रेसबाट बागी उम्मेदवार देवेन्द्रबहादुर शाही, जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाई पनि नयाँ अनुहार रहेका छन् । हेमन्त केसी/न्युज कारखाना
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend