सिरहा । गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् ।
सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वनाथ साह र उनका दाजु देवनाथको घरमा ढुङ्गामुडा गरेका थिए । यसै घटनको विरोध गर्दै दोषीलाई कारवाहीको मागसहित आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेका हुन् ।

एमाले कार्यकर्ताले गोलबजार नपा–४ स्थित घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले एक जनालाई कुटपिट समेत गरेको स्थानीयको भनाइ छ । यही कारण आज बिहानैदेखि स्थानीय र माओवादी नेता कार्यकर्ताले गोलबजार बन्द गरि सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध गरेपछि यहाँ अवस्था तनावग्रस्त बनेको छ ।
एमाले कार्यकर्ताहरूले ढुंगामुढा गर्दै घ।रको झ्यालको सिसा फुटाएका थिए । त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाइदिका छन । विरोधस्वरुप स्थानीय र माओवादी कार्यकर्ताले आज बजार बन्द गर्नुका सथै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
टाउको फुटेर घाइते भएका साहको गोलबजारस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सडक अवरुद्धका कारण पूर्वमा–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।

माओवादी कार्यकर्ता तथा स्थानीयले उक्त घटनाको विरोधमा शुक्रबार साँँझ पनि तीन घण्टा पूर्व(पश्चिम अवरुद्ध गरेका थिए । पछि प्रहरीले खुलाएको थियो । एमालेका श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । सोही जितको उन्मादमा ढुंगामुढा गरेको माओवादी केन्द्र जिल्ला कमिटीको आरोप छ ।
सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सडक खुलाउने विषयमा वार्ता भइरहेको बताए । उनले अहिले नै धेरै कुरा बताउने अवस्था नगरहेको भन्दै अवरुद्ध सडक तथा बन्द बजार चाँडै खुल्ने जानकारी दिए । मुकेशकुमार यादव/न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend