काठमाडौं। यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् ।
रविको पार्टीले ६ महिनामै प्रत्यक्षतर्फ सातवटा सिट मात्र जितेको छैन, समानुपातिकमा १५ सिट ल्याउने देखिएको छ । त्यस्तै, रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ । सीके राउतको जनमतले संघमा सप्तरी २ मा मात्रै जिते पनि सो पार्टीबाट हालसम्म तीनजना प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् ।
यहाँ चर्चा गर्न खोजिएको रेशम चौधरीको विषयमा हो । उनी हाल डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका छन् । २०७२ मा कैलालीको टीकापुर हत्याकाण्डको मुख्य अभियुक्तका रूपमा चौधरीलाई दोषी ठहर गरी सर्वोच्च अदालतले आजीवन कारावास सजाय सुनाएको हो । टीकापुर हत्याकाण्डमा एक बालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए ।
अघिल्लो निर्वाचनमा उनी हिरासतमै रहेका बेला वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएर कैलाली १ बाट विजयी भएका थिए । तर, उनी एक दिन पनि प्रतिनिधिसभामा प्रवेश गर्न पाएनन् । हिरासतमै रहेका बेला उनलाई सिंहदरबारमा बोलाएर सांसदको सपथ खुवाइयो । त्यसपछि उनी कारागारमै छन् ।
आफू कारागारमै रहेका बेला उनले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गर्न लगाए । सो पार्टीले गत स्थानीय तहको निर्वाचनका बेला कैलालीमा चारवटा स्थानीय तह जितेर ठूलो बनेको थियो । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा त नागरिक उन्मुक्तिले उल्लेख्य सफलता हासिल गरेको छ । कारागारमै बसेर रेशम चौधरीले चुनावको मास्टर प्लान बनाएका थिए । सोहीअनुसार उनको पार्टीले सफलता पनि पाएको छ ।
सो पार्टीले कैलाली १, २ र ३ मा प्रतिनिधिसभा सदस्य तथा चारजना प्रदेशसभा र बर्दियामा रेशम चौधरीका बाबु लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिन लगाएर जिताएका छन् । बर्दिया, कैलाली र कञ्चनपुर थारु बाहुल क्षेत्र हो । यो निर्वाचनले उन्मुक्ति पार्टीलाई स्थापित गरिएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend