काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम भएको छ ।
यता आज चाँदीको भाउ भने घटेको छ। आज चाँदीको भाउ अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ ।