चितवन । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा अगाडि सारेका देवी ज्ञवाली पराजित भएका छन् । चितवन–२ ‘ख’ प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार उत्तम जोशीसँग उनी पराजित भएका छन् । सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जोशीले ज्ञवालीलाई ५६२ मतान्तरले पराजीत गरेका छन् ।
जोशीले १३ हजार ३०६ मत ल्याई बिजयी भएका छन् भने ज्ञवालीले १२ हजार ७४४ मत प्राप्त गरी उपबिजेता बनेका छन् । ज्ञवाली २०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए । मतगणनाका क्रममा मतपत्र च्यातेर ज्ञवालीलाई हराएको आरोप एमाले र उनी स्वयंले लगाएका थिए ।
ज्ञवालीले निर्वाचनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराउँछु भन्दै अन्तर्वार्ता र भाषण गरेका भिडियो अहिले पनि अर्काइभमा सर्च गरी हेर्न सकिन्छ । प्रचण्ड चितवन ३ मा उम्मेदवार भएमा हराउने दाबी उनले गएको असोजमा गरेका थिए ।
भरतपुरको मेयरमा उम्मेदवार भएदेखि नै चर्चामा रहेका ज्ञवालीलाई चितवनबासीले प्रदेशमा समेत पत्याएनन् । चितवन २ को प्रतिनिधिसभामा रवि लामिछानेले सबैभन्दा बढी मतान्तरमा जित्दा चर्चित पात्र ज्ञवाली भने पराजीत भएका छन् । उनको पराजयको समाचार रवि लामिछानेको बिजयका कारण ओझेलमा परेको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend