सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पारेका हुन् ।
सापकोटाले ३० हजार ३७४ र नेपालले २७ हजार १८ मत पाए ।
१ प्रदेशसभा ‘क’ मा खड्का
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा कांग्रेसकी मसिना खड्का विजयी भएकी छन् । एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन् भने एमालेका युद्धविक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन् ।
प्रदेशसभा ‘ख’ मा सरल
प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३ मत ल्याएर पराजित भए ।
दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ को मतपरिणाम आइसकेको छ भने क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ को मतगणना जारी छ । सम्झना कार्की
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend