भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।
५ हजार २ सय ९६ मतान्तरले नेपाली कांग्रेसका प्रमोद यादवलाई पछि पार्दै शुक्ला विजयी बनेका हुन् । १३ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट शुक्ला २८ हजार मत ल्याई विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् भने तेस्रो स्थानमा जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत ल्याए ।
विजयी भएपनि निर्वाचन कार्यालयले घोसणा गरेको छैन । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोद कुमार यादवले शुक्ललाई पराजित गरेका थिए । अहिले शुक्लले प्रमोद यादवलाई पराजित गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकोमा ७७ हजार ६४ जनाले मताधिकार प्रयोग गरेका थिए । प्रत्यक्ष तर्फ भने प्रतिनिधी सभामा ७६ हजार ६ सय ७५ जनाले मत हालेका थिए ।
यस्तै प्रदेश सभा सदस्यमा १ मा लोसपाकै कन्हैया यादव १५ हजार १ सय ५५ मत ल्याई विजयी बनेका छन भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका बसिउद्दीन खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भइसकेका छन् । प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिकतर्फको मतगण्ना सुरु हुनेछ । माेहम्मद हबिब/न्युज कारखाना
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend