Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • आज पनि ७ अंकले ओर्लियो सेयर बजार 


    बुधबार, मंसिर ७ २०७९
    545
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। चुनावपछि बढ्ने आशा गरिए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज घटेको छ । निर्वाचनको नतिजा प्रकाशित हुँदै गर्दाको परिणामलाई शेयरबजारले स्वीकार नगरेको देखिएको छ । सेयरबजारमा सुधार भने आउन नसकेको हो। 

    बुधबार नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा बन्द भएको छ। 

    आज २२३ कम्पनीको १७ हजार ८ सय ७६ पटकको खरिदबिक्रीपछि १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। 

    ५७ कम्पनीको सेयर बढे पनि १२४ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ। 

    आज दुई कम्पनी सिभिल बैंक र घलेम्दी हाइड्रोका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। यस्तै आज सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ। बैंकको १२ करोड ७७ लाखको कारोबार भएको हो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार