Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नागरिकता प्रकरणः रवि लामिछानेले बुझाए स्पष्टीकरण 


    मंगलबार, मंसिर ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकताको विवादमा परेको उजुरीका बारेमा निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन् । लामिछानेका बिरुद्ध उजुरी परेपछि कात्तिक ३० गते चितवन क्षेत्र नम्बर २ मुख्य निर्वाचन अधिकृतको कार्यालयमाले सात दिनको समय दिएर उनलाई स्पष्टीकरण सोधेको थियो ।

    मंगलबार ७ दिन पुगेकाले उनले स्पष्टीकरण बुझाएको चितवन २ को मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । 

    लामिछानेले गोपनीयता कायम गरी आफ्नो स्पष्टीकरण आयोगमा पठाइदिन मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आग्रह गरेका छन् ।   

    चितवन क्षेत्र नम्बरम २ प्रतिनिधिसभाका उम्मेदवार लामिछानेविरुद्ध कात्तिक २८ मा राजकुमार पाण्डेले विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिएको र उनी नेपाली नागरिक नभएकाले उम्मेदवार बन्न अयोग्य रहेको उल्लेख गर्दै निर्वाचन आयोगमार्फत् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार