बारा । बारा क्षेत्र नम्बर ४ मा नेकपा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले अग्रता लिएका छन् । प्रसौनी गाँउपालिका वडा नम्बर ७ बन्जरियाको मतगणना सम्पन्न हुँदा श्रेष्ठले दुई सय ७९ मतले अग्रता लिएका हुन् ।
उक्त वडाको एक हजार पाँच सय ८१ मत गणना हुँदा श्रेष्ठले सात सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकवाल मियाँले चार सय ९८ मत पाएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जलिल देवानले ८३, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ३७ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा सदस्य ४ (१) तर्फ नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरीले अग्रता लिएका छन् । प्रसौनी ७ को मतगणना सम्पन्न हुँदा चौधरीले ६ सय तीन मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठले चार सय आठ मत पाएका छन् ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले दुई सय २८, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्गामगरले एक सय ३९ मत प्राप्त गरेका छन् । इन्दिप कोइराला/न्युज कारखाना
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend