Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान


    आइतबार, मंसिर ४ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । नेकपा एमालेका नेता डा भीम रावलले अछामबाट मतदान गरेका छन् ।

    उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् ।  रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो । 

    रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिए । यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार