काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो नेता बनेका छन् । १८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचन गराउन अक्षम भएको भन्दै प्रधानमन्त्री देउवालाई अपदस्थ गरेका थिए । त्यतिबेला नेपाली कांग्रेसमा देखिएको विवादकै कारण उनी राजाको कोपभाजनमा परेका थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग बेमेल र पार्टी विभाजनका कारण देउवा टार्गेटमा थिए । त्यसकै फाइदा राजाले उठाएर उनलाई हटाएका थिए ।
राजाको कदमविरुद्ध कांग्रेस, एमालेसहित सात राजनीतिक दलले निरन्तर सडक आन्दोलन गरेपछि ज्ञानेन्द्रले पुनः देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर, १९ माघ २०६१ मा ज्ञानेन्द्रले पुनः देउवालाई बर्खास्त गर्दै शासनसत्ता आफ्नो हातमा लिए । ज्ञानेन्द्रको कुविरुद्ध सडक आन्दोलन निरन्तर चर्केपछि ११ वैशाख २०६३ मा राजाले आफ्नो कदम सच्याए । देशमा लोकतन्त्रको पुनस्र्थापना भयो ।
त्यसपछि तत्कालीन विद्रोही शक्ति माओवादी मूलधारको राजनीतिमा आयो र २०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान बनाउन सकेन । र, विघटन भयो । २०७० मा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही सरकारले दोस्रो संविधानसभाको निर्वाचन गरायो । दोस्रो संविधानसभाले २०७२ मा देशको संविधान जारी गर्यो । त्यसपछि २०७४ मा आमनिर्वाचन गराउने बेला देउवा नै प्रधनमन्त्री थिए । त्यसअघि स्थानीय तहको निर्वाचनको पहिलो चरणको सुरुवात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेका थिए । देउवाले बाँकी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराए ।
निर्वाचनमा एमाले र माओवादीले सुविधाजनक बहुमत पाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । एमाले र माओवादीको सरकार बन्यो । तर, साढे तीन वर्षमै सरकार ढल्यो । र, कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने । देउवाले लगातार दोस्रो संसदीय निर्वाचन गराएर रेकर्ड राखेका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend