काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेशसभा ‘ख’ उम्मेदवार दीपक निरौलालाई मतदाता प्रभावित पार्न पैसा बाँडिरहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति बुढानीलकन्ठ प्रहरी प्रभागको टोलीले एमालेका तर्फबाट प्रदेशसभाका उम्मेदवार निरौलासहित बुढानीलकन्ठ नगरपालिका ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानीलकन्ठ नगर अध्यक्ष प्रदीप डगोललार्ई मतदाता प्र्रभावित पार्न रकम बाँडेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई बुढानीलकन्ठ ६ का कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका निरौला एमालेका काठमाडौं जिल्लाका अध्यक्ष पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका ८० प्रतिशत कार्यकर्ताको भावनाबिपरीत जबर्जस्ती टीका लगाएर अध्यक्ष बनाइएका निरौला यसअघि पनि सो प्रदेशसभाबाट सांसद जितेका थिए ।
काठमाडौं ५ मा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रतिनिधिसभामा उम्मेदवार छन् । उनी २०७४ मा वाम तालमेलका कारण निर्वाचन जित्न सफल भएका थिए । पोखरेलले नै पैसा बाँड्न एमालेका निरौलासहितलाई पठाएको आरोप लागेको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend