Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोठामै गएर बलात्कार गरेको आरोपमा भक्तपुरका एक पुरुष पक्राउ


    शुक्रबार, मंसिर २ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  एक जना महिलामाथि बलात्कार गरेको आरोपमा काठमाडौंबाट एक पुरुष पक्राउ परेका छन्। भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानले २७ वर्षीया एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

    पीडितले दिएको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले आरोपित प्रधानलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको भक्तपुर प्रहरीले जानकारी दिएको छ। 

    प्रधानले ०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा आफूमाथि बलात्कार गरेको आरोप पीडितको उजुरीमा उल्लेख छ। प्रधानले अन्तिम पटक कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित पीडितकै कोठामा गएर समेत बलात्कार गरेको आरोप छ।

     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार