Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाजी गर्ने केही युवा पक्राउ 


    शुक्रबार, मंसिर २ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं त्रिवि क्रिकेट मैदानबाटै केहीलाई पक्राउ गरेको छ ।

    यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो ।

    क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको भनाई छ। 

    ब्युरोका निर्देशक उत्तम सुवेदीले भने, ‘पक्राउ पर्ने धेरै छन् । संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छाडिने छ ।’ पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको उनले बताए छ ।

    पहिलो खेलबाट नै शंकास्पद देखिएका अनुहारहरुलाई निगरानीमा राखिएको र आज शुक्रबार समातिएको प्रहरीले जनाएको छ । नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार