भक्तपुर । कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भक्तपुर-२ मा कांग्रेस र एमाले दुवै आफू विजयी हुनेमा ढुक्क छन् । एमाले उेम्मेदबार महेश बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सजिलै पराजित गरेको भन्दै सोही आधारमा जित निश्चित रहेकाे बताउँछन् । उता, कांग्रेस स्थानीय तह निर्वाचनकाे ताजा जनमतमा आफु र गठबन्धन अघि रहेकाे दाबी गरिरहेकाे छ ।
स्थानीय हत निर्वाचणको मत परिणामअनुसार कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। एमालेभन्दा कांग्रेस दुई हजार पाँच सय ३७ बढी मतले अगाडि छ ।
भक्तपुर-२ मा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । मध्यपुर थिमि नगरपालिका कांग्रेसको गढकाे रुपमा चिनिन्छ। यहाँ निरन्तर कांग्रेसले जित निकाल्दै आएको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा पनि यो कांग्रेसले मेयर जितेको थियो । कांग्रेसले १५ हजार ९८ मत ल्याएर मेयर विजयी भएको थियो । त्यो बेला एमालेले मध्यपुर थिमिको मेयरमा ११ हजार ३५ मात्रै मत पाएको थियो ।
उता, सूर्यविनायकमा भने एमालले मेयर जितेको थियो । एमाले मेयरले १४ हजार सात सय ५८ पाई विजयी भएको थियो भने कांग्रेस मेयरले १३ हजार दुई सय ३२ मत पायो ।
दुवै नगरपालिका अर्थात् भक्तपुर-२ मा कांग्रेस र एमालेले ल्याएको कुल मतको आधारमा कांग्रेस दुई हजार पाँंच सय ३७ मतले अगाडी छ । यद्यपि, एमाले नेता बस्नेत ०७४ सालमा यति मत ल्याएर विजयी भएको भन्दै हिडेका छन् । कांग्रेस उम्मेदबार पनि दुर्लभ थापा भर्खरै भएको स्थानीय तहको निर्वाचण परिणामअनुसार आफू जित्नेमा ढुक्कमा छन् ।
यी दुई नगरपालिकामध्ये मध्यपुर थिमिमा नौ वटा र सूर्यविनायकमा १० वटा गरी कुल १९ वटा वडा छन् । यीमध्ये सबैभन्दा बढी कांग्रेसले ११ वटा वडा, एमालले सात वटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एउटा वडामा वडा अध्यक्ष विजयी भएको थियो ।
यस क्षेत्रमा कांग्रेस, एमाले, नेमकिपासहित राप्रपाका मोहन केसी, जनता समाजवादी पार्टी दिलबहादुर तामाङ, नेपाल विवेकशिल पार्टीका शशीविक्रम कार्की गरी कुल २६ जना उम्मेदबार मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले जनाएअनुसार यहाँको कुल मतदाता ९१ हजार नाै सय ११ छन् । यहाँं एक सय सात मतदान केन्द्र छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend