काठमाडौँ। यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अनुगमन गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद तौफिक आयोगको निमन्त्रणमा दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज काठमाडौं आइपुगेका छन् । निर्वाचन आयोगका सहसचिव विश्वप्रसाद अर्यालले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
माल्दिभ्समा प्रमुख आयुक्तलाई निर्वाचन आयोगको अध्यक्ष भनिन्छ ।
तौफिकले काठमाडौंमा मतदानको अनुगमन गर्नेछन् । आयोगको निमन्त्रणामा मतदानको अनुगमन गर्न छिमेकी भारतबाट भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त एवं एसाेसिएसन अफ वर्ल्ड इलेक्टोरल बडिजका अध्यक्ष राजिभ कुमार, बंगलादेशबाट प्रमुख आयुक्त काजी हबिबुल अवल, भुटानका प्रमुख आयुक्त सोनम तोप्गे पनि आउँदै छन् ।
त्यस्तै, श्रीलंका र दक्षिण कोरियाबाट आयुक्त आउँदै छन् । उनीहरू भोलि आइपुग्ने सहप्रवक्ता भट्टराईले जानकारी दिए । मतदानको अनुगमनका लागि जापानका विदेश राज्यमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय टोली पनि आउँदै छ । जापानी टोली मतदानकै दिन आइपुग्ने स्रोतले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend