Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाई कृष्ण सिटौलाको पक्षमा खुले


    बिहिबार, मंसिर १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • झापा । नेकपा एमालेले जनताको बलिदानबाट स्थापित गणतन्त्र मास्ने र निरंकुश राजतन्त्र स्थापना गर्ने राप्रपासँग तालमेल गरेपछि त्यो पार्टीका केन्द्रीय सदस्य तथा विवादास्पद व्यवसायी दुर्गा प्रसाईँ बिरोधमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा आफू हार्ने भएपछि झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गरेपछि प्रसाई बिरोधमा उत्रिएका हुन् । उनले राप्रपाका राजेन्द्र लिङ्देनलाई हराउन लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई समर्थन गर्ने भएका छन् । उनले बिहीबार कांगे्रेस नेता सिटौलालाई भेटेर झापा ३ मा उनलाई सहयोग गर्ने संकेत गरेका छन् । प्रसाईले सिटौलाका लागि मत मागिरहेका छन् ।  

    हजुरबा (ओली)ले भने पनि आफूले लिङ्देनलाई मत नदिने सार्वजनिक घोषणा गर्दैआएका प्रसाईको औपचारिक रुपमै सिटौलासँगको तस्वीर सार्वजनिक भएको हो ।  बुधबार मात्र सिटौला र प्रसाईंबीच भेट भएको थियो । उक्त भेटमा प्रसाईं र सिटौलाले हात जोडेर एकतावद्ध भएको सन्देश दिनेगरी फोटो खिचाएर सार्वजनिक गरेका छन् । 

    झापा ३ मा राप्रपाका लिङ्देनलाई समर्थन गरी गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका कांग्रेसका नेता सिटौला हराउन खोजेपछि एमालेभित्रै चर्को बिरोध भएको छ । एमालेका पुराना नेता डम्बर गिरीेले त पार्टीको निर्णयबिरुद्ध स्वतन्त्र उम्मेदवारी नै दिएका छन् । झापा ५ मा पराजित हुने भएपछि ओलीले लिङ्देनलाई समर्थन गरेपछि एमालेमा चर्को असन्तुष्टि छ । ओलीको स्वार्थका लागि हरेक पटक राप्रपालाई छाडेकाले सो क्षेत्रमा एमालेको संगठन नै क्षतबिक्षत भइसकेको छ । एमालेको साख जोगाउन र प्रतिगमनकारीलाई पराजीत गर्न यो पटक लिङ्देनलाई हराउने र गणतन्त्र स्थापना गर्ने मध्येका मुख्य भूमिका निभाएका सिटौलालाई जिताउने अभियानमा प्रसाईमात्र होइन, धेरै एमाले नेता–कार्यकर्ता लागेका छन् ।  

    झापाको बिर्तामोडमा बी एण्ड सी अस्पताल सञ्चालन गर्दै आएका प्रसाईंको झापा–३ क्षेत्रमा राम्रै प्रभाव रहेको मानिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार