झापा । नेकपा एमालेले जनताको बलिदानबाट स्थापित गणतन्त्र मास्ने र निरंकुश राजतन्त्र स्थापना गर्ने राप्रपासँग तालमेल गरेपछि त्यो पार्टीका केन्द्रीय सदस्य तथा विवादास्पद व्यवसायी दुर्गा प्रसाईँ बिरोधमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा आफू हार्ने भएपछि झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गरेपछि प्रसाई बिरोधमा उत्रिएका हुन् । उनले राप्रपाका राजेन्द्र लिङ्देनलाई हराउन लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई समर्थन गर्ने भएका छन् । उनले बिहीबार कांगे्रेस नेता सिटौलालाई भेटेर झापा ३ मा उनलाई सहयोग गर्ने संकेत गरेका छन् । प्रसाईले सिटौलाका लागि मत मागिरहेका छन् ।
हजुरबा (ओली)ले भने पनि आफूले लिङ्देनलाई मत नदिने सार्वजनिक घोषणा गर्दैआएका प्रसाईको औपचारिक रुपमै सिटौलासँगको तस्वीर सार्वजनिक भएको हो । बुधबार मात्र सिटौला र प्रसाईंबीच भेट भएको थियो । उक्त भेटमा प्रसाईं र सिटौलाले हात जोडेर एकतावद्ध भएको सन्देश दिनेगरी फोटो खिचाएर सार्वजनिक गरेका छन् ।
झापा ३ मा राप्रपाका लिङ्देनलाई समर्थन गरी गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका कांग्रेसका नेता सिटौला हराउन खोजेपछि एमालेभित्रै चर्को बिरोध भएको छ । एमालेका पुराना नेता डम्बर गिरीेले त पार्टीको निर्णयबिरुद्ध स्वतन्त्र उम्मेदवारी नै दिएका छन् । झापा ५ मा पराजित हुने भएपछि ओलीले लिङ्देनलाई समर्थन गरेपछि एमालेमा चर्को असन्तुष्टि छ । ओलीको स्वार्थका लागि हरेक पटक राप्रपालाई छाडेकाले सो क्षेत्रमा एमालेको संगठन नै क्षतबिक्षत भइसकेको छ । एमालेको साख जोगाउन र प्रतिगमनकारीलाई पराजीत गर्न यो पटक लिङ्देनलाई हराउने र गणतन्त्र स्थापना गर्ने मध्येका मुख्य भूमिका निभाएका सिटौलालाई जिताउने अभियानमा प्रसाईमात्र होइन, धेरै एमाले नेता–कार्यकर्ता लागेका छन् ।
झापाको बिर्तामोडमा बी एण्ड सी अस्पताल सञ्चालन गर्दै आएका प्रसाईंको झापा–३ क्षेत्रमा राम्रै प्रभाव रहेको मानिन्छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend