Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • गठबन्धन थप बलियो बनाउने, कसैले भ्रम छरेर गठबन्धन टुट्ने छैन: पम्फा भुसाल


    बुधबार, कार्तिक ३० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ। ललितपुर क्षेत्र नं ३ का उम्मेदवार एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर ४ गतेको निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दावी गरेकी छन्।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका-१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान थालनी गर्ने बताइन्।

    ‘कसैले भ्रम छरेर गठबन्धन टुट्ने छैन’, उनले भनिन्, ‘गठबन्धनले आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा स्थायी सरकार दिनेछ।’

    आगामी मङ्सिर ४ गते जनताले गठबन्धनको पक्षमा मतदान गरेर संविधानलाई थप बलियो बनाउने उनको भनाइ छ।

    ‘जनताले लोकतन्त्र र संविधानलाई बलियो बनाउने छन्’, भुसालले भनिन्, ‘मुलुकलाई अग्रगति दिँदै अबको पाँच वर्षमा जनताको अपेक्षा पूरा गर्नेछौँ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार