काठमाडौं। अघिल्लो दिन बढेको नेप्से आज मंगलबार भने ६.५९ अंकले घटेकाे छ । सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हाे । आज परिसूचक नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३३ अंकले घटेर तीन सय ७३ दशमलव ७१ अंकमा खुम्चिएको छ ।
नेप्सेमा आज १८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको कारोबार भएको हो ।
हिमालयन डिस्टिलरीमा ८ करोड २२ लाख ३४ हजार बढी र नेपाल लाइफ इन्स्याेरेन्स आदि भने आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा परेका छन् ।
यसैगरी सिटिजन म्युचुअल फण्ड ४.५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २.९३ प्रतिशतले वृद्धि भएको छ । उपसुचक कम्पनीहरू बैंकिङ ०.०८ प्रतिशत, निर्जीवन बिमा ०.०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ०.३० प्रतिशतले वृद्धि भएको र अन्य उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।