Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै १ हजारले बढ्यो सुनको भाउ


    मंगलबार, कार्तिक २९ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  •  काठमाण्डाै। आज साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ 

    हिजो सोमबार सुनकाे भाउ तोलामा ९७ हजार २  सय रुपैयाँ थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने चाँदी १२९५रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार