काठमाडौँ। झापाको विर्तामोडमा प्रसाईँ मार्केटमा आज मंगलबार बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको राजु वंशलले सञ्चालनमा ल्याएको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।
उक्त कपडा पसलमा आगलागी हुँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको कारण विद्युत् सर्ट भएर भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
झापाको बिर्तामोड नगरपालिकाको दमकलकाे सहयोगमा आगाे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।