Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • अमनलाल मोदीको घरदैलोमा महेश आचार्य


    शुक्रबार, कार्तिक २५ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । नेपाली कांग्रेसका नेता महेश आचार्य मोरङ ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा हिँडेका छन् ।

    गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई मत मागेका हुन् ।

    २०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका पूर्वमन्त्री आचार्य मोरङ ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार थिए । तर, सत्तारुढ गठबन्धनमा भागवण्डा हुँदा मोरङ ४ माओवादी केन्द्रले पायो ।

    माओवादी केन्द्रले टिकट पाएपछि आचार्य चुनावी सभाहरूमा देखिएका थिएनन् ।  बिहीबारबाट भने उनी चुनावी अभियानमा हिँडेका हुन् । विराटनगर-८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको  रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।

    मोरङ ४ मा एमालेबाट उम्मेदवार बनेका विनाद ढकालले पनि घरदैलो अभियान गरिरहेका छन् ।

    मोरङ ४ बाट अमनलाल मोदीलाई जिताउने अभियानमा महेश आचार्य पनि सक्रिय सहभागी भएसँगै उनको पक्षमा अझ मजबुत रूपमा चुनावी माहोल बनेको माओवादीका नेता-कार्यकर्ताहरूले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार