काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर एकै दिन थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
कोभिडका कारण शुक्रबार भने कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोभिडमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै हाल देशभर ५ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।