Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय विदेशमन्त्री एस जय शंकर मस्को जाँदै 


    सोमबार, कार्तिक २१ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतीय विदेशमन्त्री एस जय शंकर दुई दिने द्धिपक्षीय भ्रमणका क्रममा रुस प्रस्थान गरेका छन् । उक्त भ्रमणका क्रममा विदेशमन्त्री जय शंकरले रुसी समकक्षीलगायतका वरिष्ठ नेतासँग भेटवार्ता गर्ने भएका छन् । “परराष्ट्र मन्त्रीले रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्ने छन्। छलफलमा द्विपक्षीय मुद्दाका साथै विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रममा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ’, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने । 

    विदेशमन्त्री जय शंकरले मंगलबार उपप्रधानमन्त्री, व्यापार तथा उद्योग मन्त्री डेनिस मान्तुरोभ र रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तर, उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने वा नगर्ने भन्ने स्पष्ट भइसकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार