Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वरुण हाइड्रोपावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन 


    सोमबार, कार्तिक २१ २०७९
    1.7K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। वरुण हाइड्रोपावरको सेयर लिलामी भर्ने साेमबार अन्तिम दिन रहेको छ  । वरुण हाइड्रोपावरले तीन लाख ५५ हजार ६० कित्ता सेयर लिलामी गरेको हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

    कम्पनीले १४ कात्तिकबाट सर्वसाधारण समूहको सेयर लिलामीमा खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । 
     
    यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । वरुण हाइड्रो पावरले ६ भदौदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । 
     
    यसमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखराबाट पनि आवेदन दिन पाइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार