चर्चित बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन्। अभिनेत रणवीर कपुर र आलियालाई पुत्री लाभ भएको छ। आलियाले पहिलो सन्तानको रुपमा छोरि जन्माएपछि रणवीर कपुर पिता बनेका हुन्।
आलियाले आफ्नाे इन्स्टाग्राममा एक पाेस्टर सेयर गर्दै छाेरीकाे आमा बनेकाे जानकारी दिएकी छन्।
भारतीय सञ्चार माध्यम इन्डिया टिभीका अनुसार उनले आइतबार एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।
आलिया र रणवीरले गत वैशाख १ गते विवाह गरेका थिए।