Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु


    आइतबार, कार्तिक २० २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल  दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय  पुण्य बहादुर बोहरा रहेका छन् । 

    दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघर स्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ । 

    काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो । 

    ठक्कर दिएर फरार रहेका मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार